६ असार । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस आज बिहान उदयपुरमा दुर्घटनाग्रस्त हुँदा ३२ जना घाइते भएका छन्।
बा.२ ख ६४३८ नम्बरको बस बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। ट्राफिक प्रहरीका अनुसार नियन्त्रण गुमाएर बस सडकबाट करिब २५ मिटर तल खसेको थियो।
दुर्घटनाका घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ