कमल नयन विद्यालयको भवन शिलान्यास

image बिहीबार, आषाढ ४ २०८३
image
A+ A A-

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४, आँमडाडामा रहेको श्री कमल नयन आधारभूत विद्यालयको नयाँ दुई कोठे भवनको जग पूजा तथा शिलान्यास सम्पन्न भएको छ। लामो समयदेखि बजेट विनियोजन हुन नसक्दा जीर्ण बनेको विद्यालय भवनका कारण विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा अध्ययन गर्न बाध्य थिए।

असार ३ गते बुधबारका दिन आयोजित एक विशेष कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द अधिकारी र वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको उपस्थितिमा जग पूजा सम्पन्न भएको हो। उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, सम्पूर्ण वडा सदस्यहरू, भूतपूर्व प्रधानाध्यापक, स्थानीय सामाजिक तथा शैक्षिक व्यक्तित्वहरू र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित भई उत्साह थप्ने सबैप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ।