|
उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत हिजो (शुक्रबार) सम्पन्न समूह चरणका खेलहरूमा आयोजक राष्ट्रहरू र फुटबलका पावरहाउस टोलीहरूले सानदार प्रदर्शन गरेका छन् । हिजोको खेलमा आयोजक क्यानाडाले ऐतिहासिक जित दर्ता गर्दा ब्राजिल र अर्को आयोजक अमेरिकाले पनि आ-आफ्नो खेलमा सहज जित निकालेका छन् । जोनाथन डेभिडको ह्याट्रिकसँगै क्यानाडाको कीर्तिमानी जित हिजोको सबैभन्दा रोमाञ्चक र एकपक्षीय खेलमा आयोजक क्यानाडाले कतारमाथि ६–० को विशाल गोल अन्तरले ऐतिहासिक जित दर्ता गर्यो । विश्वकप इतिहासमा क्यानाडाको यो पहिलो जित हो । क्यानडाको जितमा स्ट्राइकर जोनाथन डेभिड नायक बने । उनले खेलको २९औं, ४५+३औं र ९०+२औं मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । योसँगै डेभिड विश्वकपमा ह्याट्रिक गर्ने पहिलो क्यानेडियन खेलाडी बनेका छन् । कतारका लागि हिजोको दिन निकै खराब रह्यो; दोस्रो हाफमा होमाम अल अमिन र आसिम मादिबोले रातो कार्ड (Red Card) पाएपछि कतार ९ खेलाडीमा सिमित भएको थियो । म्याथ्युस कुन्हा चम्किँदा ब्राजिलको सहज जित पाँच पटकको विश्व विजेता ब्राजिलले आफ्नो दोस्रो खेलमा हैटीलाई ३–० ले सहजै पराजित गरेको छ । पहिलो खेलमा केही दबाबमा देखिएको ब्राजिलले हिजो सुरुवाती मिनेटदेखि नै आक्रामक खेल प्रदर्शन गर्यो । ब्राजिलका लागि म्याथ्युस कुन्हाले खेलको २३औं र ३६औं मिनेटमा दुई गोल गरे भने दोस्रो हाफको सुरुवातमै (४८औं मिनेटमा) स्टार विङ्गर भिनिसियस जुनियरले तेस्रो गोल थपे । यो जितसँगै ब्राजिल समूह 'C' को शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दुई खेल हारेको हैटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा अर्को आयोजक राष्ट्र संयुक्त राज्य अमेरिका (USA) ले अस्ट्रेलियालाई २–० ले पाखा लगाउँदै लगातार दुई जितका साथ नकआउट चरण (Round of 32) मा आफ्नो स्थान सुरक्षित गरेको छ । प्रमुख खेलाडी क्रिस्टियन पुलिसिक चोटका कारण मैदान बाहिर रहे पनि अमेरिकाले खेलको ११औं मिनेटमा अस्ट्रेलियाको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि ४३औं मिनेटमा २१ वर्षीय युवा खेलाडी अलेक्स फ्रीम्यानले उत्कृष्ट गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे । हिजोका अन्य खेलहरूको नतिजा:
४८ टोली सहभाागी इतिहासकै सबैभन्दा ठूलो यस विश्वकपमा अहिले समूह चरणका दोस्रो राउन्डका खेलहरू सकिने क्रममा छन् र नकआउटको समीकरण बिस्तारै स्पष्ट हुँदै गइरहेको छ । |
|||
नकआउट चरणको तालिका
समूह चरण सकिएपछि जुनको अन्तिम सातादेखि नकआउट खेलहरू सुरु हुनेछन्:
राउन्ड अफ ३२: जुन २८ – जुलाई ३
राउन्ड अफ १६: जुलाई ४ – जुलाई ७
क्वार्टरफाइनल: जुलाई ९ – जुलाई ११
सेमिफाइनल: जुलाई १४ – जुलाई १५
तेस्रो स्थानका लागि खेल: जुलाई १८
विश्वकप फाइनल: जुलाई १९ मा न्युयोर्क न्युजर्सी स्टेडियम (MetLife Stadium), इस्ट रदरफोर्ड, न्युजर्सीमा खेलाइनेछ।